नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट « Khabarhub

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट-२०८२ आयोजना तथा प्रवर्द्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट-२०८२ मा शिवम् सिमेन्ट लिमिटेड पावर्ड बाई प्रायोजकको रूपमा आबद्ध भएको हो । 

यो प्रदर्शनी २०८२ पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहने आयोजकले जनाएको छ ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरु र प्रविधिहरूद्वारा एउटै थलोमा प्रस्तुत गरिनेछ ।

यसैगरी, एक्पोको विशेष आकर्षणका रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ ।

नेशनल घर निर्माण एक्पो–२०८२ ले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा आम उपभोक्तालाई घर निर्माणसम्बन्धी जानकारी र अनुभव साटासाट गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ३० बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन