सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार « Khabarhub

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरिएको छ।

महानगरपालिकाको पुल्चोकस्थित प्राङ्गणमा पौष २ गते आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले गणलाई उक्त पुरस्कार प्रदान गरेका छन् ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यमा गणले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप ललितपुर महानगरपालिकाले नगद एक लाख रुपैयाँसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ३६ बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको