भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह « Khabarhub

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।

छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताएका छन् । आयोगले आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भन्दै प्रधानमन्त्रीसँग औपचारिक छलफलमार्फत म्याद थपको माग गरेको जनाएको छ।

कार्कीले अर्को साता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्षमा पुग्ने आयोगको उद्देश्य छ।

आयोगले तोकिएको समयसीमाभित्र यथासक्य तथ्य संकलन गरिसके पनि थप अनुसन्धानका लागि म्याद बढाउनुपर्ने निष्कर्षमा पुगेको जनाएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ४३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६