भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह « Khabarhub

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न सरकारलाई आग्रह


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ।

छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले म्याद थपको आवश्यकता परेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताएका छन् । आयोगले आवश्यक प्रमाण संकलन र बयान लिन समय लाग्ने भन्दै प्रधानमन्त्रीसँग औपचारिक छलफलमार्फत म्याद थपको माग गरेको जनाएको छ।

कार्कीले अर्को साता विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी भइरहेको पनि जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित सबै पक्षको धारणा सुनेर निष्पक्ष निष्कर्षमा पुग्ने आयोगको उद्देश्य छ।

आयोगले तोकिएको समयसीमाभित्र यथासक्य तथ्य संकलन गरिसके पनि थप अनुसन्धानका लागि म्याद बढाउनुपर्ने निष्कर्षमा पुगेको जनाएको छ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ३ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन