बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला « Khabarhub

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला भएको छ । बालेको स्वर रहेको गीत ‘आम नेपाली बुवा’ यस फिल्ममा समावेश छ ।

पौष ४ अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिकट बुकिङ बुधबार खुलेको हो ।

अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनेको यो फिल्मलाई पहिलो दिनका लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यका र मोफोसलमा ११–११ शो दिएको छ ।

क्यूएफएक्ससहित देशभरका हलहरुले पहिलो दिनका लागि ५९ शो दिएका छन् । शो संख्या अझै बढ्ने सम्भावना उच्च छ ।

यो फिल्मलाई सेन्सर बोर्डले ‘यू’ प्रमाणपत्र दिएको छ । अर्थात्, जुनै पनि उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् ।

सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया आएकाले दर्शकले फिल्म मनपराउनेमा निर्देशक घिमिरे थप आशावादी देखिन्छन् ।

उनी भन्छन्, ‘फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभइ गहिरो सन्देश दिने बुझाइ उहाँहरुको थियो । हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको उहाँहरुको प्रतिक्रिया छ ।’

उनका अनुसार फिल्म २ घण्टा १९ मिनेटको बनेको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेतीले कमब्याक कमव्याक गर्दैछन् । उनीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ९पाँडे०, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ५५ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका