बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला « Khabarhub

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला भएको छ । बालेको स्वर रहेको गीत ‘आम नेपाली बुवा’ यस फिल्ममा समावेश छ ।

पौष ४ अर्थात् शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको टिकट बुकिङ बुधबार खुलेको हो ।

अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनेको यो फिल्मलाई पहिलो दिनका लागि देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यका र मोफोसलमा ११–११ शो दिएको छ ।

क्यूएफएक्ससहित देशभरका हलहरुले पहिलो दिनका लागि ५९ शो दिएका छन् । शो संख्या अझै बढ्ने सम्भावना उच्च छ ।

यो फिल्मलाई सेन्सर बोर्डले ‘यू’ प्रमाणपत्र दिएको छ । अर्थात्, जुनै पनि उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् ।

सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया आएकाले दर्शकले फिल्म मनपराउनेमा निर्देशक घिमिरे थप आशावादी देखिन्छन् ।

उनी भन्छन्, ‘फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभइ गहिरो सन्देश दिने बुझाइ उहाँहरुको थियो । हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको उहाँहरुको प्रतिक्रिया छ ।’

उनका अनुसार फिल्म २ घण्टा १९ मिनेटको बनेको छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेतीले कमब्याक कमव्याक गर्दैछन् । उनीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ९पाँडे०, प्रियना आचार्य ९मुन्नी०, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ५५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट