जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी « Khabarhub

जेन-जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब बढीको दाबी भुक्तानी


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबी बापत बिमा कम्पनीहरूले ५ अर्ब बढी दाबी भुक्तानी गरेका छन् । 

कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बिमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको नेपाल बिमा प्राधिकरणले जनाएको हो ।

प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब २ करोडमध्ये करिव ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ २ हजार ३११ वटा बिमा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोडमध्ये करिव १ अर्ब २२ करोड भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बिमा दाबीको करिव ५५ करोड ४७ लाख दाबी रकममध्ये करिव ७ करोड ५० लाख, परिवहन बीमातर्फ १२ वटा बिमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव १ करोड ५५ लाख र अन्य बीमातर्फ ४५ वटा बिमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ५ करोड ५० लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ । 

अग्रिम भुक्तानी सहित करिव ३ अर्ब २ करोड पुनर्बिमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिव ३ अर्ब २ करोड अग्रिम भुक्तानी समेत गरी पुनर्बिमा दाबी भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता शुशिलदेव सुवेदीले जनाएका छन् ।

उनका अनुसार नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६२ वटा पुनर्बिमा दाबीको दाबी रकम करिव १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ३८ बजे

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल