विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस् « Khabarhub

विद्युतीय मेसिनमा मत खसाल्दा पनि तनाव : एमालेका प्रतिनिधि असिनपसिन, केही भए बेहोस्


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहँदा मतदातालाई समस्या भएको छ।

कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग हुँदा पनि अति नै सुस्त गतिमा मतदान जारी छ। कागजमाभन्दा छिटो मतदान हुने भनिए पनि उम्मेदवार धेरै हुँदा मतदातालाई आपत् आइलागेको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया सेन्टरमा बोल्दै आफ्नो प्यानलका उम्मेदवार चिन्नै महाधिवेशन प्रतिनिधिलाई मुस्किल परेको बताए ।

बिहान ९ बजेर १२ मिनेटमा मतदान सुरू भएयता साँझ ५ बजेर २ मिनेटसम्म ८०२ मत खसेको छ । ‘मतदान गर्न नसकेर मतदाता असिनपसिन हुनु भएको छ। केही त बेहोस पनि हुनु भयो’, उनले भने, ‘को र कति संख्यामा बेहोस हुनु भयो भन्न मिलेन। तर उहाँहरूलाई मेडिकल टीमले तत्कालै प्राथमिक उपचार गरेको छ।

पोखरेलका अनुसार उम्मेदवारको सूची धेरै लामो हुँदा मतदातालाई आफ्नो र अर्को प्यानलका पहिचान गर्न पनि कठिन भएको छ।

‘हामीले एकजना मतदाताले बढीमा २५ देखि ३० मिनेट लगाउने अनुमान गरेका थियौँ । तर त्यस्तो भएन घटीमा नौ मिनेटदेखि २ घण्टा १२ मिनेटसम्म एकजनाले समय लगाउनु भयो’, उनले भने, ‘शीर्ष नेताले नै एक घण्टा ४ मिनेटदेखि एक घण्टा १२ मिनेटसम्म लगाउनु भयो । एक पटकमा ८० जना मतदानको लाइनमा हुनु हुन्छ । यही रफ्तारमा गए रातभर चल्छ मतदान । मतदान प्रक्रिया अब हामीले रोक्न मिल्दैन ।’

उनले बाँकी सबै मतदातालाई टोकन बाँडिसकेकाले अब लाइनमा बस्नु नपर्ने पनि बताए । ‘अब कोही पनि मतदाता लाइनमा बस्नुपर्दैन । टोकन प्रणालीअनुसार उहाँहरू आए हुन्छ’, उनले भने, ‘तर राति ८ बजेसम्म सबै मतदाता मूलगेटबाट भित्र छिरिसक्नुपर्छ । त्यसपछि हामी कसैलाई इन्ट्रुी दिँदैनौँ ।’

उनले एकजना मान्छेलाई सरदर ३० देखि ३५ मिनेट लाग्दैन भनेको अवस्थामा २ घण्टा बढी लागेपछि समस्या भएको बताए । ‘मतदाताहरू अभ्यस्त नहुँदा समस्या भएको छ। विद्युतीय मेसिन प्रयोगबारे मतदाता शिक्षा दिन सकिएन’, उनले भने, ‘अर्कातिर दुईवटा प्यानलका उम्मेदवार छान्न समस्या भएको छ। केही प्राविधिक कठिनाइ पनि भएको छ । प्रतिनिधिहरू लाइनमा हुनु हुन्छ ।’

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ३६ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा