सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए « Khabarhub

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली सेनाको सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले तीनजना पृतनापतिसहित ६ उपरथीको सरुवा गरेको हो ।

अब पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिका रुपमा नयाँ उपरथीलाई पठाइएको छ।

पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्की सैनिक मुख्यालयमा सरुवा भएका छन्। कार्कीले यसअघि १६ नं. र १८ नं. बाहिनीको कमाण्ड गरेका थिए।

उनी प्रधानसेनापतिको सचिवालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि काम गरिसकेका अधिकृत हुन् । सन्तोष बल्लभ पौडेल पश्चिम पृतनाबाट सरुवा हुँदा कार्कीले जिम्मेवारी पाएका हुन्।

पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई पठाइएको छ। थापा यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा थिए।

मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रवन्ध रथी विभाग जंगी अड्डा पुगेका छन्। उनले यसअघि युनिटको कमाण्ड र अनुसन्धान तथा विकास निर्देशनालय, ४ नम्बर बाहिनी, आपूर्ति तथा यातायात निर्देशनालय र साइबर सुरक्षा निर्देशनालयमा निर्देशकका रूपमा काम गरेका छन् ।

पाठकको स्थानमा मध्यपृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्कालाई दिइएको छ। खड्का यसअघि जंगी अड्डाको अतिरिक्त समूहमा थिए।

मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुन पनि सरुवा भएका छन्। उनलाई जंगी अड्डा सरुवा गरिएको छ । त्यहाँ उपरथी हिम्मतबहादुर विष्टलाई पठाइएको छ। विष्ट यसअघि स्टाफ कलेज शिवपुरीमा थिए।

नेपाली सेनाका ८ पृतनामध्ये बाँकी ५ वटाका पृतनापति यथावत् छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा दीपेशजंग शाह, मध्यपूर्व पृतनामा कृष्णबहादुर जीसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रवीन्द्र खत्री छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ७ : ४५ बजे

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई