कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली « Khabarhub

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई वटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई आज कतार एयरवेजको कार्गो चार्टर विमानबाट कतार पठाइएको हो ।

कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर कार्गो जहाजबाट आज दिउँसो ५ बजे खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्ती भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट पठाइएको हो । यसअघि विसं २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार ती हात्ती पठाइएको हो ।

चितवनस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्ती कतारलाई दिन छनोट गरिएको थियो । सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए ।

चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई विमानमार्फत कतार पठाइँदै ।

कतार सरकारलाई उपहारस्वरूप दिने घोषणा गरिएका दुबै हात्तीलाई आज भैरहवा विमानस्थलमा कतार सरकारलाई हस्तान्तरण गरिएको थियो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो । आज साँझ ५ बजेट हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उडेको थियो ।

वन्यजन्तुसम्बन्धी अन्तरराष्ट्रिय कानुन एवं नेपालको प्रचलित कानुन बमोजिमको साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी विमानस्थलबाट विशेष कार्गो विमानबाट कतारको राजधानी दोहा पठाइएको हो । बिहीबार कतारको राष्ट्रिय दिवस पनि हो । यस उपहारले नेपाल र कतारबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ ।

कतार उड्नु अघि विमानस्थल कार्यालयमा नेपाल सरकारका अधिकारी र नेपालस्थित कतार दूतावासका अधिकारीको उपस्थितिमा हात्ती हस्तान्तरण गरिएको थियो । नेपाल सरकार वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कतार दूतावासका डेपुटी चिफ अफ मिसन खालिफा अल्मारीलाई हात्ती हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सचिव मिश्रले नेपालले कतारलाई हात्ती उपहार दिनुले कूटनीतिकसम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरे । कतार दूतावासका डेपुटी चिफ अफ मिसन अल्मारीले नेपालले कतारलाई हात्ती उपहार दिएकोमा खुसी ब्यक्त गर्दै नेपाललाई धन्यवाद दिए ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ८ : ४८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग