भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर « Khabarhub

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा नेता ध्रुवराज राईले पार्टी परित्याग गरेका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमे रहेका उनलेे बुधबारदेखि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट राजनीतिक यात्रा थालेका छन् । उनले अब आगामी प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट माटो चुनाव चिह्नबाट लड्ने तयारी गरेका छन् । यदि उनले यो निर्णय गरे एमाले नेता शेरधन राईसँग उनको प्रतिस्पर्धा हुनेछ ।

बुधबार धरानको भानुचोकमा आयोजित सवारी चालक सम्मान कार्यक्रममा राईले श्रम संस्कृति पार्टीको सदस्यता लिए। उनलाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले टीका लगाएर स्वागत गरे।

राई २०७४ सालको स्थानीय तह निर्वाचनमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका सरोज बस्नेतसँग हार्न पुगे ।

एमाले छाडेपछि राईले हर्कको कार्यशैलीबाट प्रभावित भएर श्रम संस्कृति पार्टीमा प्रवेश गरेको बताए। एमालेबाट धेरै कार्यकर्ता बाहिरिएको बताउँदै उनले जनताले विश्वास गुमाइसकेको पार्टीमा बसिरहनु अर्थ नरहेको जिकिर गरे

‘मलाई गर्व लागेको छ। मेरो आफ्नै भाइले डेढ वर्षअघि नै एमाले छोडिसकेको रहेछ,’ राईले भने, ‘हर्क साम्पाङलाई काँधमा बोकेर अघि बढ्न आएको हुँ।’

केपी शर्मा ओलीलाई नेता मान्नेहरूले हर्क साम्पाङलाई नेता मान्न हिच्किचाउन नहुने उनलेे बताएका छन्। अबदेखि पार्टीले दिएको जिम्मेवारी इमानसाथ पूरा गर्ने उनलेे बताएका छन् । राईले जनतालाई घात नगर्ने बचन पनि दिए ।

ध्रुव भोजपुर एमालेमा क्रान्तिकारी र जुझारु नेताका रूपमा थिए। भोजपुर क्याम्पसको स्ववियु सभापति पनि भइसकेका उनी दोस्रो जनआन्दोलनका बेला एक्लै शाही शासकविरूद्ध जिल्लामा उत्रिन्थे । माइक लिएर उनी एक्लै सडकमा निस्किँदा प्रशासकदेखि सेना-प्रहरीलाई पनि आपत् पर्थ्यो ।

उनलेे शाही शासनका समयमा तत्कालीन राजा ज्ञानेन्द्र शाह भोजपुर पुग्दा लोकतन्त्रविरोधी भन्दै स्वागतमा बनाइए गेट भत्काउने हिम्मत एक्लै गर्थे । तर एमालेको एघारौं महाधिवेशनमा आफूलाई अन्यायपूर्ण ढंगले महाधिवेशन प्रतिनिधिमा रोकिएको गुनासो ध्रुवले गरेका थिए ।

एमालेको महाधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राईनिकटहरूधेरैजसो प्रतिनिधि बनेर आएका छन् । हर्कको पार्टीमा लाग्ने उनको निर्णयले एमाले भोजपुरका लागि ठूलो धक्का दिएको छ। हर्कको नयाँ प्रभाव क्षेत्रमा भोजपुरबाट उनी उठे एमाले-कांग्रेसलाई चुनौती हुन सक्छन् ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ९ : ५८ बजे

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको