वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड « Khabarhub

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः प्रचण्ड


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्प भएको बताएका छन् ।

आज महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित स्व नेता काशी महतोको श्रद्धाञ्जलीसभामा संयोजक पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले चुनावका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए । “देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ”, उनले भने, “निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिनुपर्दैन ।”

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वर्गीय नेता काशी महतो सबैका प्रेरणाका स्रोत रहेको बताए । उनले जनकपुरको एकता सन्देशसभामा काशी महतोको योगदान अविस्मरणीय रहेको बताए । नेता महतोको गत मङ्सिर २२ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  १० : २३ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल