कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ « Khabarhub

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ


२ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको उपस्थिति र सक्रियताले सबैको ध्यान खिचेको छ।

भृकुटीमण्डपमा जारी मतदान प्रक्रियाका क्रममा ज्योति मगर मतदान लाइनमै पुगेर प्रतिनिधिहरूसँग भलाकुसारी गर्दै भोट मागिरहेकी देखिएकी छन्। उनी एमालेको महाधिवेशन प्रतिनिधि नभए पनि आफू निकटका उम्मेदवारहरूको प्रचारमा व्यस्त भएकी छन्।

ज्योतिले विशेष गरी आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्यका उम्मेदवार पूर्णबहादुर गुरुङ र किरण गुरुङको पक्षमा मत मागेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत पनि पूर्णबहादुर गुरुङको फोटो पोस्ट गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग अत्यधिक मतले विजयी गराउन अनुरोध गरेकी छन्।

यसअघि पनि ज्योतिले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग फोटो खिचाएकी थिइन्। पूर्णबहादुर गुरुङ कुनै समय नेपाली कांग्रेसका महासमिति सदस्य थिए।

उनले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए तर पराजित भए। २०७९ असोज १७ गते कांग्रेस परित्याग गर्दै उनी एमाले प्रवेश गरेका थिए।

बालकोटस्थित अध्यक्ष ओलीको निवासमा आयोजित कार्यक्रममा उनी एमालेमा स्वागत भएका थिए। कांग्रेस छोड्ने क्रममा उनले नातावाद, कृपावाद, चाकरी र फरियावादको आरोप लगाएका थिए।

एमाले प्रवेशपछि ओलीले उनलाई २०७९ को प्रदेशसभा चुनावमा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट टिकट दिएका थिए। त्यसबेला ज्योति मगर तनहुँ पुगेर पूर्णबहादुरको चुनावी अभियानमा सक्रिय भएकी थिइन्।

तर उनी माओवादी केन्द्रका हरिबहादुर चुमानसँग पराजित भए। चुमानले १३ हजार २७१ मत प्राप्त गर्दा पूर्णबहादुरले १० हजार ४९८ मत मात्र पाएका थिए।

पराजयपछि पनि पूर्णबहादुरले एमाले छोडेनन्। उनी अहिले ओली र पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्। त्यही कारण ओलीले उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेका थिए।

कलाकारहरूलाई विदेश घुमाउने व्यवसायीका रूपमा समेत चिनिने पूर्णबहादुरको विगतमा गुण्डागर्दीको आरोप लाग्ने गरेको छ। यस्तै, गायक राजेशपायल राईले पनि उनको पक्षमा भोट मागेका छन्।

एमाले महाधिवेशनमा मतदान प्रक्रिया जारी छ। विद्युतीय भोटिङ मेसिनको प्रयोगले ढिलाइ भएको छ तर राति अबेरसम्म मतदान जारी रहने बताइएको छ। कुल २२६३ प्रतिनिधिमध्ये धेरैले मत खसाइसकेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा छ।

ज्योति मगरको यो सक्रियताले महाधिवेशनमा रोचकता थपेको छ। प्रतिनिधिहरूले उनको उपस्थितिलाई रमाइलो मान्दै स्वागत गरेका छन्।

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ११ : १६ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते