यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

शनिबार पहिलो खेल अस्ट्रेलिया र स्कटल्याण्डले बिहान ८:१५ बजे खेल्न सुरु गर्नेछन् भने दोस्रो खेलमा सोही समयमा इंग्ल्याण्ड र आरल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। आजको अर्को खेल नाइजेरिया र सीमोवाबीच हुनेछ।

पूजा महतोको कप्तानीमा रहेको नेपाली टिमले अभ्यास खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो भने अमेरिकासँग पाँच विकेटले पराजित भयो। नेपाली टिम चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास गरेर मलेसिया पुगेको हो।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : १८ बजे

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर

७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’

सिरहा– अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा