इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत « Khabarhub

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्।

यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट भइसकेको सो युद्ध विराम आइतबारदेखि लागू हुनेछ।

सुरुवातमा इजिप्टको सीमामा रहेका खाद्यान्नका ट्रक प्यालेस्टाइन प्रवेश गर्ने अनुमान गरिएको छ।

युद्ध विरामको घोषणा भइसकेपछि पनि इजरायली आक्रमणमा सय जना भन्दा बढीको ज्यान गइसकेको छ। एकै सातामा सबै भन्दा धेरै जनाको ज्यान गएको युद्ध सुरु भएपछि यो पहिलो पटक हो।

बुधबार युद्ध विराम भएपछि प्यालेस्टाइनी अथोरोटीका राष्ट्रपति मोहम्मद अब्बासले पहिलो पटक सञ्चार माध्यममा आफ्नो कुरा राखे। उनले युद्ध बिरामलाई पूर्ण रूपमा लागु गर्न आफू कटिबद्ध रहेको बताएका छन्।

एक श्रोतका अनुसार पहिलो चरणमा छाड्ने भनिएका ३३ जना बन्दीमध्ये इजरायलीका साथमा विदेशी बन्दी हुनेछन्। उनीहरूको सबै विवरण बाहिर आइसकेको छैन। गाजामा बन्दी बनाइएका ८४ जना दुई देशका नागरिकता भएका छन्। यसैगरी थाइल्यान्डका ८, नेपालका १ र तान्जानियाका १ बन्दी छन्।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ५६ बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको