चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन « Khabarhub

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र किराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल)  उद्योग एवं दूधजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ती प्रयोगशाला  ‘फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा  चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि  रहेका थिए ।

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि– १२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालिले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’ भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो । साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।  नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ ।

दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार  सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नम्बर ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यवस्तु मिसावट गरेको नभेटिएको  चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखाले जनाएको छ ।

संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा  नम्बर ८ भित्र सञ्चालित केही खानेपानी उद्योगहरूमा आकस्मिक अनुगमन  गरेको  थियो । यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो । अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्ट गरेको जनाइएको छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ०२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व