दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर « Khabarhub

दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानका व्यवसाय, होटेल तथा घरमा आक्रमण हुन थालेको छ। दक्षिणी सुडानी राष्ट्रपति साल्भा किरले कानुन हातमा नलिनका लागि नागरिकलाई आह्वान गरेका छन्।

दक्षिण पश्चिम अवेल तथा दक्षिणी सुडानको राजधानी जुबामा भएको झडपमा तीन जनाको ज्यान जानुका साथै सात जना हराइरहेका छन्।

प्रहरी अधिकारीका अनुसार अवेलमा रहेको सुडानीको घरमासमेत आगो लगाइएको छ। स्थितिलाई नियन्त्रणमा लिन सरकारले कफ्यूको समेत घोषणा गरेको छ। ४५ जना सुडानी व्यापारीको उद्धार गर्दै सुरक्षाका लागि आफूकै कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएका छन्।

लामो समयको गृह युद्धपछि सन् २०११ मा दक्षिणी सुडान विभाजित भएको थियो। पछिल्लो समय द्वन्द्व बढेपछि धेरै जना सुरक्षाका लागि दक्षिणी सुडानमा पुग्नेक्रम जारी छ।

सन् २०२३ को अप्रिल महिनाको तथ्यांक अनुसार सुडान संसारको सबै भन्दा बढी मानवीय संकट रहेको देश हो। राष्ट्र सङ्घकै अनुसार त्यहाँ दुई करोड ५० लाखका लागि खाद्यान्न सहयोग आवश्यक छ।

पछिल्लो सात सुडानको वाद मदानी सहरमा रहेका केही दक्षिणी सुडानका नागरिकमाथि भएको हिंसाको फुटेज सार्वजनिक भएको थियो। यसले त्यस देशका सबैप्रति दक्षिणी सुडानमा आक्रोश फैलिएको छ। राष्ट्रपति किरले सो घटनाको छानबिनका लागि माग गरेका छन्।

आप्रवासी समुदायमाथि भएको सो आक्रमणमा केही बालकसहित कम्तीमा १३ जना मारिएका थिए।

सुडानमा जातीय हिंसा लामो समयदेखि अन्त्य हुन सकेको छैन। अरब भाषीले त्यहाँका आप्रवासी अश्वेत माथिको ज्यादती अझ कायम छ। सन् २००५ मा गृह युद्धको अन्त्यपछि पनि धेरैलाई दास बनाइएको पाइन्छ।

सुडानमा पछिल्लो साता भएको यो घटनाको प्रतिकार स्वरूप दक्षिणी सुडानको जुबामा सुडानका व्यापारीलाई सयौँ युवाले घेरा हालेर पिटेको जनाइएको छ।

शुक्रबार जुबा र कोन्याका बजार बन्द भए। केही स्थानीय बेकरी खुला भएका छन्। त्यहाँ पाउरोटीको मूल्यमा १७ प्रतिशतले वृद्धि भएको छ।

सुडानीको निवास खोज्दै आक्रमण गर्न हिँडेका युवालाई प्रहरीले धमाधम गिरफ्तार गरेको थियो। आउमा रहेको सुडानीको स्वामित्वमा रहेको सबै भन्दा ठुला पसल छानेर आक्रमण भइरहेको छ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : २५ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना