प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’ « Khabarhub

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ ।

आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ ।

खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तिलविक्रम इधिङ्गोले जानकारी दिए ।

आजदेखि चल्ने क्षमा पूजा तथा प्रकृतिमा पूजामा लगातार चार दिन ब्राह्मणहरूबाट पाठ हुनेछ भने त्यसपछिका तीन दिन बरूण पुराण वाचन हुनेछ ।

लक्ष्य हवन र प्रकृति पूजा हेंवा र फेमे खोलाको सङ्गमस्थलमा हुनेछ । उक्त पूजामा जम्मा एक सय ५० किलो तिलको एक लाख २५ हजार हवन हुने आयोजकमध्येका सुवराज थापाको भनाइ छ ।

उक्त पूजाको आयोजनामा कुनै पनि सङ्घ संस्थासम्बद्ध नरहेको तथा पूजाका लागि कुनै पनि रकम सङ्कलन नगरिने आयोजकको भनाइ छ । स्थानीयवासी, आध्यात्मिक क्षेत्रका व्यक्ति तथा संस्थाले पूजाको आयोजना, व्यवस्थापन तथा खानपानको व्यवस्था मिलाउने भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ११ बजे

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण