ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु « Khabarhub

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैँसी पाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पहिलो पटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड द्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैन्बु भैँसेपाटीमा रहेको मन्त्री निवास सहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बुढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रो पार्क, ललितपुर महानगरपालिका–८,९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानहरूमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । 

परियोजनाले विशेषत: शहरी र अर्ध–शहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । 

उनले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीहरूलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ । यो पहलले ललितपुर जिल्लाका नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ३५ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको