नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता « Khabarhub

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको जनाइएको छ । 

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बाँकेमा महिला फुटबललाई पुनः जीवन दिने अपेक्षासहित प्रतियोगिता गर्न लागेको जानकारी दिए । महिला खेलाडी उत्पादन र विकासको लक्ष्य राखेर यो प्रतियोगिता हुन लागेको उनको भनाइ छ । 

एन्फाका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष शाहीले बाँकेमा महिला फुटबलरको इतिहास स्मरण गर्दै लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय सशक्त टिम सहभागी गराउने गरी आवश्यक तयारी थालिएको पनि जानकारी दिए । 

‘त्यसैलाई लक्षित गरेर सबै स्थानीय तहमा छनोट, प्रशिक्षणलगायत कार्यक्रम गरिनेछ’, उनले भने । उक्त प्रतियोगिताभन्दा अघि नेपालगञ्जमा महिला फुटबल मेयरकप पनि आयोजना गर्न लागिएको उनको भनाइ छ । 

आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिताको तयारी थालिएको उल्लेख गर्दै ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आवतजावतलाई प्राथमिकतामा राखेको बताए । प्रतियोगिता आयोजनाका लागि नेपालगञ्ज रङ्गशालामा सचिवालय पनि स्थापना गरिएको छ । 

लुम्बिनी कपको पहिलो संस्करणमा भारतका दुई र नेपालका छ गरी आठ वटा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको लोगो नेपाली राष्ट्रिय महिला फुटबल टिमका पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एञ्जिला तुम्बापो सुब्बाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । 

लोगोमा भगवान गौतम बुद्ध, खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको निलो तथा सिम्रिक रङ समेटिएको छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : ०३ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर