मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान « Khabarhub

मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान  सुरु गरेको छ। 

भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् ।

जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै हुनुहुन्छ, पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईँहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईँहरूको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभ यात्रा जस्ता शब्दहरू भन्ने गर्दछन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार लामो तथा छोटो दुरीमा यात्रा गर्ने हरेक मोटरसाइकल चालकलाई सडक छेउमा रोकेर यो सन्देश प्रवाह गर्नेछन् । जिल्लामा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५८ दशमलव ६७ प्रतिशत मोटरसाइकल हुने गरेको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षमा भएका चार सय छ वटा दुर्घटनामा सय सात वटा सवारी साधन दुर्घटनामा परेकामा तीनसय ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन छन् । ती दुर्घटनामा परी जिल्लामा ६३ जनाको मृत्यु भएको छ भने सात सय १८ जना घाइते भएका छन् ।

कार्यक्रममा वडाध्यक्ष खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गौतमले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए । सवारी दुर्घटनामा अत्यधिक सङ्ख्यामा दुई पाङ्ग्रे सवारी साधन पर्ने गरेको बताउँदै उनीहरूले दुई पाङ्ग्रे सवारीसाधनको चालक बढी सतर्क हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १ : ४२ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको