मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु « Khabarhub

मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

ग्रामथान– मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत् जनसभा सुरु भएको छ । 

नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । 

सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ५० बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ