पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा « Khabarhub

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न पोर्चुगलको राष्ट्रपति चुनावको लागि रनअफमा स्थान बनाएका छन् । पहिलो चरणमा आश्चर्यजनक रूपमा दोस्रो स्थान हासिल गर्दै आगामी फेब्रुअरीमा हुने दुईतर्फी रनअफमा स्थान बनाएका हुन् ।

उनले केन्द्र–वामपन्थी उम्मेद्वार एन्टोनियो जोसे सेगुरोसँग प्रतिस्पर्धा गर्नेछन्, जसलाई युरोपभर बढ्दै गएको अति–दक्षिणपन्थी राजनीतिक प्रवृत्तिको अर्को महत्त्वपूर्ण सफलता मानिएको छ ।

झण्डै ९८ प्रतिशत मतगणना सकिँदा चेगा (इनफ) पार्टीका नेता भेन्टुराले करिब २४ प्रतिशत मत प्राप्त गरे भने समाजवादी उम्मेद्वार सेगुरोले करिब ३१ प्रतिशत मतसहित अग्रता कायम गरे। अब फेब्रुअरी ८ मा शीर्ष दुई उम्मेद्वारबीच दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणमा नौ जना उम्मेद्वार प्रतिस्पर्धामा रहे पनि कसैले पनि प्रत्यक्ष जितका लागि आवश्यक ५० प्रतिशत मत हासिल गर्न सकेनन् ।

भेन्टुराको बलियो उपस्थितिलाई युरोपमा अति–दक्षिणतर्फको राजनीतिक झुकावको अर्को कोसेढुङ्गाका रूपमा हेरिएको छ । चेगा पार्टी स्थापना भएको करिब छ वर्षमै गत वर्ष संसद्को दोस्रो ठूलो दल बनेको थियो । फ्रान्स, जर्मनी, इटाली र छिमेकी स्पेनमा उदीयमान राष्ट्रवादी दलहरूको सफलताबाट भेन्टुरा र उनका समर्थकहरू उत्साहित देखिन्छन् ।

उनको चुनावी एजेन्डाको केन्द्रमा आप्रवासन छ । भेन्टुराले यसलाई ‘अत्यधिक आप्रवासन’ को संज्ञा दिँदै ‘पोर्चुगल हाम्रो हो’ भन्ने नारासहित कडा अभिव्यक्ति दिए । अभियानका क्रममा उहाँले ‘यो बङ्गलादेश होइन’ र ‘आप्रवासीहरूलाई कल्याणमा बाँच्न दिनुहुँदैन’ भन्ने सन्देश भएका विज्ञापनहरू प्रयोग गरेका थिए । केही वर्षअघि पोर्चुगलमा यस्ता खुलेर आप्रवासी विरोधी भनाइ अकल्पनीय मानिन्थे ।

उनको उदयले विगत पाँच दशकदेखि सत्तामा आएका दुई मुख्य दल-हाल सत्तारूढ केन्द्र-दक्षिणपन्थी सोसल डेमोक्रेटिक पार्टी र केन्द्र-वाम समाजवादी पार्टी-को परम्परागत समर्थन कटौती गरेको छ । यसपटकको चुनावमा उम्मेद्वारमध्ये एक जना मात्र महिला थिए र पोर्चुगलले अहिलेसम्म महिला वा गैर-श्वेत राष्ट्रप्रमुख पाएको छैन ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १ : ४० बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता