भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत  « Khabarhub

भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा बाजागाजासहित स्वागत गरिएको छ । 

एमालेको कारबाहीमा परेपछि पहिलोपल्ट गृहजिल्ला पुगेका रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् । 

गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए । 

अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ । 

रावलका समर्थकमध्येका एक तपेन्द्र रावलले उक्त भिडियो फेसबुकमा राख्दै लेखेका छन्, ‘अछामी जनतामा जागरण आइसक्यो, अब देशभर जागरण ल्याउन मातृभूमि जागरण अभियानसहित देशभर आउँदै हुनुहुन्छ, अब देशभक्त जनता तयार रहेर बसौँ ।’

रावललाई अछामकै रामारोशन गाउँपालिकाको मुजा बजारमा पनि समर्थकहरूले भव्य स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : ४१ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत