जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया « Khabarhub

जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्ला अस्पताल हुम्लामा सुत्केरी व्यथा लागेर जटिल अवस्थामा रहेकी २२ वर्षीया आशा परियारको सफल शल्यक्रिया गरिएको छ । सीमित स्रोतसाधनका बीच पनि उनको सफल शल्याक्रिया भएको हो।

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी परियार जटिल अवस्थामा गत पुस २९ गते जिल्ला अस्पताल आएकामा स्रोतसाधनको अभावमा पनि सफल शल्यक्रिया गरिएको अस्पतालका एमडिजिबी डा. हेमविक्रम शाहीले बताए । 

सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी उनको आर्थिक अवस्था कमजोर हुनु, रगत अभाव, अस्पतालमा विशेषज्ञ चिकित्सक हुनुलगायत समस्या थियो । 

शल्यक्रियाका लागि जिल्लाबाहिर नेपालगञ्ज, सुर्खेत वा अन्यत्र लैजानुपर्ने समस्या रहेको बताउँदै डा. शाहीले आर्थिक अभावका कारण अन्यत्र लैजान नसक्ने भएपछि जिल्ला अस्पतालमा सीमित स्रोतसाधनको उपयोग गरी शल्यक्रिया गरिएको जानकारी दिए । 

अस्पतालमा कार्यरत डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीहरूको सहयोगमा परियारको सफल शल्यक्रिया भएको अस्तालका सिनियर अनमी सरिता बोहराले बताए। 

परियारका श्रीमान् लभ परियारले भने, ‘चिकित्सकले सुत्केरीको अवस्था जटिल भएकाले नेपालगञ्ज वा सुर्खेत लैजान भनेका थिए । आर्थिक अभावका कारण जिल्लाबाहिर लैजाने अवस्था थिएन । पछि यहाँका डाक्टर, अनमी, अन्य स्वास्थ्यकर्मीले सफल शल्यक्रिया गर्नुभयो, सबैलाई धन्यवाद दिन्छु ।’

परियारले दुई जुम्ल्याहा छोरी जन्माएकी छन् । जिल्लामा विशेषज्ञ चिकित्सक र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ ।  

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ०६ बजे

वामदेव फेरि चुनाव लड्ने, प्रत्यक्षतर्फ बर्दिया १ बाट सिफारिस

काठमाडौं- नेकपा एमाले छाडेको चार वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र

दाङ– घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रुपमा अघि

प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु

काठमाडौं– प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज बिहान मृत्यु

नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ

 काठमाडौँ–  नेपाल प्रहरीले नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोहलाई

युक्रेन संकट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यक : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने