प्रथम दोलखा महिला भलिबल कपको उपाधि विगुलाई  « Khabarhub

प्रथम दोलखा महिला भलिबल कपको उपाधि विगुलाई 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रथम दोलखा जिल्ला अन्तरपालिका स्तरीय महिला भलिबल कप २०८१ को उपाधि जिल्लाको विगु गाउँपालिकाले हात पारेको छ। 

गत बिहीबारबाट सदरमुकाम चरिकोट जारी भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको वैतेश्वर गाउँपालिका र विगु गाउँपालिका बीच शनिबार सम्पन्न फाइनल खेलमा वैतेश्वर गाउँपालिकालाई ३ सेटले पछि पार्दै विगु गाउँपालिकाले विजेता बनेको हो।

त्यसैगरी प्रतियोगितामा वैतेश्वर गाउँपालिका उपविजेता बन्दै दोस्रो बनेको छ । जिल्लाका सात पालिकाका ८ टिम सहभागी खेलमा कालिञ्चोक गाउँपालिकाले तृतीय र गौरीशंकर गाउँपालिका सान्त्वना बनेको छ।

प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहिबारदेखि सदरमुकाम चरीकोटमा उद्घाटन गरिएको खेलको समापन तथा विजेता खेलाडीहरू पुरस्कार वितरण बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए।

खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै आर्थिक मन्त्री काफ्ले दोलखालाई अन्य क्षेत्र जस्तैगरी खेलकुद क्षेत्रमा पनि जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारले लगानी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु पर्ने बताए।

प्रदेश सरकारले जिल्लाका नौ वटै पालिकामा खेलकुद क्षेत्रमा लगानी गर्ने उल्लेख गर्दै मन्त्री काफ्लेले खेलाडी राष्ट्रका गहना भएकाले दोलखामा पालिका स्तरीय,जिल्ला स्तरीय तथा प्रदेश र केन्द्रित स्तरका खेल कार्यक्रम गर्ने प्रदेश सरकारले योजना बनाएको बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : २२ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम