प्रथम दोलखा महिला भलिबल कपको उपाधि विगुलाई  « Khabarhub

प्रथम दोलखा महिला भलिबल कपको उपाधि विगुलाई 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दोलखा– प्रथम दोलखा जिल्ला अन्तरपालिका स्तरीय महिला भलिबल कप २०८१ को उपाधि जिल्लाको विगु गाउँपालिकाले हात पारेको छ। 

गत बिहीबारबाट सदरमुकाम चरिकोट जारी भलिबल प्रतियोगितामा फाइनल प्रवेश गरेको वैतेश्वर गाउँपालिका र विगु गाउँपालिका बीच शनिबार सम्पन्न फाइनल खेलमा वैतेश्वर गाउँपालिकालाई ३ सेटले पछि पार्दै विगु गाउँपालिकाले विजेता बनेको हो।

त्यसैगरी प्रतियोगितामा वैतेश्वर गाउँपालिका उपविजेता बन्दै दोस्रो बनेको छ । जिल्लाका सात पालिकाका ८ टिम सहभागी खेलमा कालिञ्चोक गाउँपालिकाले तृतीय र गौरीशंकर गाउँपालिका सान्त्वना बनेको छ।

प्रतियोगितामा प्रथम, दितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहिबारदेखि सदरमुकाम चरीकोटमा उद्घाटन गरिएको खेलको समापन तथा विजेता खेलाडीहरू पुरस्कार वितरण बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गरेका थिए।

खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै आर्थिक मन्त्री काफ्ले दोलखालाई अन्य क्षेत्र जस्तैगरी खेलकुद क्षेत्रमा पनि जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारले लगानी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु पर्ने बताए।

प्रदेश सरकारले जिल्लाका नौ वटै पालिकामा खेलकुद क्षेत्रमा लगानी गर्ने उल्लेख गर्दै मन्त्री काफ्लेले खेलाडी राष्ट्रका गहना भएकाले दोलखामा पालिका स्तरीय,जिल्ला स्तरीय तथा प्रदेश र केन्द्रित स्तरका खेल कार्यक्रम गर्ने प्रदेश सरकारले योजना बनाएको बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : २२ बजे

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास