दैलेखको काँशिकाँध गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना « Khabarhub

दैलेखको काँशिकाँध गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दैलेख– भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो ।

गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए ।

गाउँपालिकामा वडास्तरीय चारवटा स्वास्थ्य चौकी र एक महावु गाउँपालिकाको ठूलो अस्पताल भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

आफू दोस्रोपटक निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेको स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको शाहीले बताए । उनले भने, ‘ योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी महावुलाई कृषिको हब बनाउने योजनामा लागेको छु ।’

महावु गाउँपालिकाले वडा नम्बर ५ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्‍याउन भूमिका खेलिरहेको वडाध्यक्ष दीपबहादुर शाहीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ ।

आपतकालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नम्बर ५ गोर्तिका स्थानीयवासी ठिमबहादुर बरालले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि दैलेख सदरमुकाम जानुपर्ने बाध्यता छ ।

यहाँबाट गाउँपालिका गैङडावाज अस्पताल पुग्न पाँचदेखि ६ घण्टासम्म लाग्छ । वर्षा सुरु भएपछि यातायात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्योपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ८ : ३३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का