प्राविधिक शिक्षामा ध्यान दिन आवश्यक :  महासचिव पोखरेल « Khabarhub

प्राविधिक शिक्षामा ध्यान दिन आवश्यक :  महासचिव पोखरेल


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् ।

मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी तुलसीपुर मेट्रो कलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालयको  सभा हल शिलान्यास गर्दै पोखरेलले जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताए ।

शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए । 

जागिर खोज्नकै लागि विदेश भए पनि जाने, अहिले विदेश जाने लहर हाम्रो शिक्षा व्यवस्थाको कमजोरी कारण पनि चलेको छ, अब हामीले त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्दछ’, पोखरेलले भने । 

अहिले पनि नेपालमा प्राविधिक शिक्षा प्रतिको लगाव बढ्न नसकेको बताउँदै उनले प्राविधिक जनशक्ति तयार नहुँदासम्म देश नबन्ने बताए । 

‘देश बनाउने हो भने प्राविधिक शिक्षामा जोड दिनुपर्दछ, जति प्राविधिक जनशक्ति तयार भयो राष्ट्र निर्माणको यात्रा त्यति प्रभाकारी हुन्छ’, पोखरेलले भने ।

प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक पढ्ने विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए । इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए ।

 न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ५८ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण