नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालन « Khabarhub

नारायणगढ-मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालन


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो । 

सो पुल निर्माण स्थलमा घर टहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो । यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो । दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर सो पुल निर्माण गरिएको हो ।

उक्त सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुल सोहीअनुसार फराकिलो बनाइएको छ । 

पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २६ करोड ५० लाख पाँच हजार ५९६ को लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिए। ३ वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । झण्डै २ वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो ।

कोभिड, मुआब्जा वितरण, भित्तो काट्न समस्या, विद्युत्का तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरण लगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ ।

 यो सडक हुँदै दैनिक १० हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन् । पुल विस्तारसँगै सवारी साधन जामको समस्या कम हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : २१ बजे

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष