‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’ले फर्काउन सक्छ दर्शकलाई हलमा | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ पछि ‘लाज शरणम्’ले फर्काउन सक्छ दर्शकलाई हलमा


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘पूर्णबहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।

जुनसुकै जनरा, कलाकार र निर्देशकका कलाकार आए पनि चलचित्र चलेनन् । प्रदीप खड्का, प्रियंका कार्की, ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ललगायत स्टारका चलचित्र रिलिज भए पनि सिनेमाले व्यापार राम्रो गर्न सकेनन् ।

मंसिर, पुस र माघको जाडोसँगै सिनेमाको बक्सअफिस चिसियो । गत वैशाखदेखि नेपाली चलचित्र नगरीमा देखिएको उत्साह सेलायो । सेलाएको यो उत्साह र ओरालो लागेको बक्स अफिसलाई अब कुन चलचित्रले तताउला ? यसै भन्न त सकिन्न किन भने सिनेमाको बिजनेस हो ।

तर, अहिलेसम्म बजारमा आएका कन्टेन जस्तै, टिजर र गीत हेर्दा र यसप्रति दर्शकले देखाएके चासो हेर्दा सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना छ ।

जाडो लागेसँगै चिसिएको नेपाली चलचित्रको बजारलाई गर्मी सुरु भएसँगै आउने ‘लाज शरणम्’ कात्तिक अगाडिकै बजारमा फैल्याउने स्वयम् ‘लाज शरणम्’टिमको विश्वास छ ।

चलचित्र ‘लाज शरणम्’को टिमले यतिबेला गरिरहेको आक्रामक प्रचार, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार फर्काउने विश्वास गर्न सकिन्छ ।

चिनिएका फेस जस्तै, सीताराम कट्टेल धुर्मुस, विजय बराल, अर्जुन घिमिरे पाँडे, हरिष निरौला कक्रोच, सागर लम्साल बलेलगायत कलाकारका कारण पनि यो चलचित्र दर्शकको रोजाइमा पर्नसक्छ ।

बालेनको गीतले ‘लाज शरणम्’लाई ती आमदर्शकसम्म पुर्‍याएर थप हाइप बढाएको छ । यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गर्नेमा निर्माण पक्ष ढुक्क छ ।

चलचित्र लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । ‘लाज शरणम्’को मुख्य भूमिकामा सीताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षितमध्येको सिनेमा हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : २८ बजे

एमआरपी नराखेको भन्दै चार तार उद्योगको कारोबार रोक्का

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा

‘मिस एण्ड मिस्टर’आइडल सिजन–२ को घोषणा

काठमाडौं – स्पार्कल इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालन हुन गइरहेको मिस एण्ड

बेङ्लुरुले दिएकाे १६४ रनको लक्ष्य पछ्याउँदै दिल्ली

काठमाडौंं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेङ्लुरुले

दुर्गा प्रसाईंले सुरक्षाका लागि आत्मसमर्पण गरेको सचिवालयको दाबी

काठमाडौं – चैत १५ गते तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य

कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध

सुर्खेत – कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात