जापान नेपालको विकास साझेदार : सभामुख घिमिरे « Khabarhub

जापान नेपालको विकास साझेदार : सभामुख घिमिरे


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले भेट गरेका छन् । 

सिंहदरबारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

उनले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गरे ।

नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । 

उनले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गरे ।

 नेपाल जापानमा हुने ‘२०२५ वल्र्ड एक्सपो’ मा सहभागी हुन लागेको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले जापानमा हुने उक्त एक्सपोले नेपाली उत्पादन प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

जापानका नवनियुक्त राजदूत मायदा तोरूले आफू २७ वर्षअघि नेपाल आएको स्मरण गर्दै तीन दशकमा नेपालको लोकतन्त्र र विकासले उल्लेखनीय फड्को मारेको बताए । उनले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै संसदीय आदान प्रदानमा जोड दिए ।

नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै राजदूत मायदाले सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्धार सहयोगको प्रशंसा गरे। 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : ३४ बजे

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा