नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय | Khabarhub Khabarhub

नेपाल प्रहरीको टोली दिल्लीबाट पुग्यो ओडिसास्थित केआईआईटी विश्वविद्यालय


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न जटिल परिस्थितबारे बुझ्न नेपाल प्रहरीको टोली त्यसतर्फ गएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीको दुई जनाको टोली ओडिसातर्फ पठाइएको जानकारी मंगलबार दिएकी छन् ।

‘नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलो अप गरिरहेका छौँ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।’

उनले प्रहरी अधिकारिसँग फोनमा कुरा गरेर घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न भनेको पनि बताएकी छन् ।

राणाले नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न पनि नेपाली प्रहरी अधिकारीलाई भनेको बताएकी छन् ।

‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ’, उनले भनेकी छन्, ‘नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत् गराएको छ ।’

उनले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयसहित काम गरिरहेका पनि बताएकी छन् ।

यस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै चासो राखेर नेपाली दूतावासलाई आवश्यक पहलका लागि भनिसकेको जनाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ०४ बजे

थप सय वटा स्मार्ट विद्युतीय बस चलाउन प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक सय स्मार्ट विद्युतीय बस

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन समय माग

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले ‘विद्यालय

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड

‘टेक एण्ड पे’मा पुनः विचार गर्न सांसदको सुझाव

काठमाडौं– सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू