‘छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले’ « Khabarhub

‘छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले’


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोड्दै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन् । 

‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाई पिट्न पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वविद्यालयको बजेट धेरै छ भनेर भनिरहेका छन्, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा  रि स्ट्रक्चर गर्नुपर्छ।’ 

उनका अनुसार २२ लाख नेपाली भारतका विभिन्न सहरमा कार्यरत रहेको तर कूटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन् । ‘यसले के देखाउँछ भने १ लाख १६ हजार नेपालीलाई जम्मा १ जनाले हेर्नु पर्ने बाध्यता छ’ उनले भने । उनका अनुसार नेपालीको आत्मसम्मान बढाउने गरी राज्यले कूटनीतिक पहल गर्नु ढिलाइ भइसकेको छ ।

उनका अनुसार २० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाउँदै उनले विद्यार्थीको आत्मसम्मानका लागि सरकारले विशेष पहल गर्न जरुरी भइसक्यो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : २२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको