नेपाली छात्रा मृत्यु प्रकरण : भारतीय युवा अद्विक श्रीवास्तव हिरासतमा, चारजना सुरक्षागार्ड पक्राउ | Khabarhub Khabarhub

नेपाली छात्रा मृत्यु प्रकरण : भारतीय युवा अद्विक श्रीवास्तव हिरासतमा, चारजना सुरक्षागार्ड पक्राउ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले छानबिन तीव्र बनएको छ ।

केआईआईटीमा अध्ययनरत प्रकृतिको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परेका छन् ।

श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।

केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।

त्यसपछि इन्फोसिटी प्रहरी थानामा अद्विक श्रीवास्तवविरुद्ध आत्महत्या दुरुत्साहन गरेको आरोपमा फौजदारी मुद्दा दर्ता गरिएको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त अद्विक श्रीवास्तवलाई सोमबार पक्राउ गरी त्यही दिन न्यायिक हिरासतमा पठाइसकिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रमाणका रूपमा कागजात र प्रकृतिले प्रयोग गर्ने इलेक्ट्रोनिक ग्याजेटहरू जफतसहित मुद्दाको अनुसन्धान जारी रहेको भुवनेश्वर प्रहरीले मंगलबार विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रहरीका अनुसार प्रकृतिको मृत्युपछि केआईआईटी विश्वविद्यालय प्रशासनले सोमबार बिहान नेपाली विद्यार्थीहरूलाई कलेजभित्र भेला भएर आन्दोलन गरेको, अनुशासनहीन गतिविधि गरेको भन्दै छात्रावास खाली गर्न लगाएको थियो । केआईआईटी छात्रावासबाट विद्यार्थीको निष्कासनको कदम कलेजले एक दिनमै फिर्ता लिएर नेपाली विद्यार्थीहरूलाई आ-आफ्नो होस्टेलमा फर्कन अपिल गरिसकेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले विश्वविद्यालयका सुरक्षाकर्मीहरूले विद्यार्थीहरूलाई दुर्व्यवहारबारेमा पनि रिपोर्ट लिएर इन्फोसिटी पीएसमार्फत आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ।

यस प्रकरणमा विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरा रहेका छन् । उनीहरू सबैलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले सबै आपराधिक मुद्दामा अनुसन्धान चलिरहेको छ । प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान सुनिश्चित गरिने पनि जनाएको छ । भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थीलगायत सबैको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ३९ बजे

कांग्रेसलाई राप्रपाले भन्यो- भिजिट भिसाका नाममा असुली धन्दा चलाउनु सुशासन हो ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ

अब सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिगो ऊर्जा

स्थानीय तहका समस्या समाधानमा सहजीकरण गरिने

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम

मष्तिष्कलाई स्वस्थ राख्न के खाने ?

काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ