नेपाली छात्रा मृत्यु प्रकरण : भारतीय युवा अद्विक श्रीवास्तव हिरासतमा, चारजना सुरक्षागार्ड पक्राउ « Khabarhub

नेपाली छात्रा मृत्यु प्रकरण : भारतीय युवा अद्विक श्रीवास्तव हिरासतमा, चारजना सुरक्षागार्ड पक्राउ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले छानबिन तीव्र बनएको छ ।

केआईआईटीमा अध्ययनरत प्रकृतिको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परेका छन् ।

श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।

केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।

त्यसपछि इन्फोसिटी प्रहरी थानामा अद्विक श्रीवास्तवविरुद्ध आत्महत्या दुरुत्साहन गरेको आरोपमा फौजदारी मुद्दा दर्ता गरिएको भुवनेश्वर प्रहरीले जानकारी दिएको छ ।

अभियुक्त अद्विक श्रीवास्तवलाई सोमबार पक्राउ गरी त्यही दिन न्यायिक हिरासतमा पठाइसकिएको पनि प्रहरीले जानकारी दिएको छ । प्रमाणका रूपमा कागजात र प्रकृतिले प्रयोग गर्ने इलेक्ट्रोनिक ग्याजेटहरू जफतसहित मुद्दाको अनुसन्धान जारी रहेको भुवनेश्वर प्रहरीले मंगलबार विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रहरीका अनुसार प्रकृतिको मृत्युपछि केआईआईटी विश्वविद्यालय प्रशासनले सोमबार बिहान नेपाली विद्यार्थीहरूलाई कलेजभित्र भेला भएर आन्दोलन गरेको, अनुशासनहीन गतिविधि गरेको भन्दै छात्रावास खाली गर्न लगाएको थियो । केआईआईटी छात्रावासबाट विद्यार्थीको निष्कासनको कदम कलेजले एक दिनमै फिर्ता लिएर नेपाली विद्यार्थीहरूलाई आ-आफ्नो होस्टेलमा फर्कन अपिल गरिसकेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले विश्वविद्यालयका सुरक्षाकर्मीहरूले विद्यार्थीहरूलाई दुर्व्यवहारबारेमा पनि रिपोर्ट लिएर इन्फोसिटी पीएसमार्फत आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ।

यस प्रकरणमा विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरा रहेका छन् । उनीहरू सबैलाई पक्राउ गरिएको भुवनेश्वर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले सबै आपराधिक मुद्दामा अनुसन्धान चलिरहेको छ । प्रहरीले वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धान सुनिश्चित गरिने पनि जनाएको छ । भुवनेश्वर प्रहरीले नेपाली विद्यार्थीलगायत सबैको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : ३९ बजे

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा

बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग

हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को