कलेजबाट निस्क भन्दै नेपाली विद्यार्थीलाई मुख छोड्ने मञ्जुशाले माफी मागिन् « Khabarhub

कलेजबाट निस्क भन्दै नेपाली विद्यार्थीलाई मुख छोड्ने मञ्जुशाले माफी मागिन्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युपछि अन्य नेपाली विद्यार्थीमाथि मुख छाड्ने एकजना प्राध्यापकले सामाजिक सञ्जालमा आएर माफी मागेकी छन् ।

आफूलाई उक्त कलेजको प्राध्यापक बताउने मञ्जुशा पाण्डेले आफ्नो फेसबुक पेजमार्फत् एक भिडियो हाल्दै माफी मागेकी हुन् ।

उक्त प्रकरणमा भारतीय प्रहरीले छानबिन तीव्र पारेसँगै उनले फेसबुकमा मंगलबार दिउँसो ३२ सेकेन्डको भिडियोमार्फत् माफी मागेकी हुन् ।

उनले सोमबार राति नेपाली विद्यार्थीबारे आफूले गरेको व्यवहार र आपत्तिजनक टिप्पणीलाई लिएर कलेज प्रशासनलाई नजोड्न पनि भनेकी छन् ।

पाण्डेले भनेकी छन्, ‘सोमबार राति कलेजभित्र मबाट नेपाली विद्यार्थीमाथि म बाट भएको व्यवहारप्रति माफी माग्न चहान्छु । नेपाली विद्यार्थीसम्म यो सन्देश पुर्‍याउन यो भिडियो बनाउँदैछ । मेरो उक्त कार्यमा कलेज प्रशासनको कुनै संलग्नता छैन । मेरो उक्त व्यवहारका लागि माफी चाहन्छु ।’

उनीसहित अर्की महिलाले नेपाली विद्यार्थीहरूलाई ‘तुमहारा नेपालका बजेट से बडा हमारे युनिभर्सिटीका बजेट है, तुम लोगको फ्री में बैठाकर खिलारहे है’, भन्दै अपमानजनक गाली गरेका थिए ।

यसअघि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शव विश्वविद्यालयकै होस्टेलमा शंकास्पद अवस्थामा भेटिएपछि त्यहीँ अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तव पक्राउ परेका छन् ।

श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।

केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै