कुलमानबारे ऊर्जामन्त्री- सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो « Khabarhub

कुलमानबारे ऊर्जामन्त्री- सरकारलाई टेर्न छाडे, अब लगाम लगाउने बेला भयो


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी अघि बढ्न खोजको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी अघि बढ्न खोजको आरोप लगाए । कुलमानले सरकारलाई नटेरेको पनि उनले बताए ।

घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उनले उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नहुँदा सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे ।

उनले कुलमानका कारण लोडसेडिङ हटेको भनेर भ्रम फैलाइएको उल्लेख गरे । तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको उनले स्पष्ट पारे । बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै खड्काले तत्काल विद्युत् प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे ।

खड्काले दोधारा-लम्की, बरेली-ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भएर काम अघि बढेको बताए ।

उनले ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको बताउँदै केही विधेयकहरू अघि बढिसकेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : २५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज