प्रतिपक्षीलाई कांग्रेसले भन्यो- सबै कुराको विरोध मात्रै नगरौँ, सविंधान पनि हेरौँ « Khabarhub

प्रतिपक्षीलाई कांग्रेसले भन्यो- सबै कुराको विरोध मात्रै नगरौँ, सविंधान पनि हेरौँ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको बताए । उनले अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन् ।

अध्यादेशलाई सधैं विरोध गर्ने हो भने त्यसला ल्याउन पाउने संविधानमा भएको व्यवस्था हटाउन पनि उनले सुझाव दिएका छन् ।

उनले अध्यादेश संसद्‍बाट अघि बढेपछि मात्रै विधेयकको रुप लिने भन्दै संसद् छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे ।

प्रतिपक्षीमा बस्दैमा सबै कुराको विरोध नै गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संविधान संशोधनको कुरा चलिरहेको भन्दै सहमतिमै त्यो गरिने बताए ।

उनले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले गरेको पहलका कारण सम्बन्धीत व्यक्तिलाई पक्राउ गरि विद्यार्थीलाई कजेलमा फर्काएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ५१ बजे

माइतीघर घटनाबारे रक्षा बम : अराजकताले आन्दोलनलाई नै कमजोर बनाउँछ

काठमाडौं – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आफूमाथि उठेका

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे निर्णय हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी

पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी