प्रतिपक्षीलाई कांग्रेसले भन्यो- सबै कुराको विरोध मात्रै नगरौँ, सविंधान पनि हेरौँ « Khabarhub

प्रतिपक्षीलाई कांग्रेसले भन्यो- सबै कुराको विरोध मात्रै नगरौँ, सविंधान पनि हेरौँ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा अनावश्यक विरोध नगर्न विपक्षी दललाई आग्रह गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद नचलेका बेला अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार रहेको बताए । उनले अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका हुन् ।

अध्यादेशलाई सधैं विरोध गर्ने हो भने त्यसला ल्याउन पाउने संविधानमा भएको व्यवस्था हटाउन पनि उनले सुझाव दिएका छन् ।

उनले अध्यादेश संसद्‍बाट अघि बढेपछि मात्रै विधेयकको रुप लिने भन्दै संसद् छलेर अध्यादेश ल्यायो भन्न नमिल्ने तर्क गरे ।

प्रतिपक्षीमा बस्दैमा सबै कुराको विरोध नै गर्नुपर्छ भन्ने नहुने उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले संविधान संशोधनको कुरा चलिरहेको भन्दै सहमतिमै त्यो गरिने बताए ।

उनले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले गरेको पहलका कारण सम्बन्धीत व्यक्तिलाई पक्राउ गरि विद्यार्थीलाई कजेलमा फर्काएको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ५१ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार