संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग « Khabarhub

संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको छ ।  

हालै काठमाडौंमा सम्पन्न १२ औँ महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा सञ्चालन तथा व्यवस्थापनका लागि संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको हो ।

तीनै तहमा कार्यरत कर्मचारीहरूलाई माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने व्यवस्था हुनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजनपछि तह वृद्धि भई अवकाश भएका कर्मचारीको सेवा सुविधा तहबृद्धि भएकै अवस्थाको उपलब्ध गराउन संगठनले माग गरेको छ ।

महाधिवेशनमार्फत उच्चस्तरीय तलब सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार कर्मचारीको तलब भत्ता लगायतका सेवा सुविधा आगामी बजेटबाट कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।  

महाधिवेशनले भवानी न्यौपाने दाहालको अध्यक्षतामा १ सय ७१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको संगठनले जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ५० बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध