सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्छौँ : प्रकाश ज्वाला | Khabarhub Khabarhub

सरकारले ल्याएका अध्यादेशको विपक्षमा मतदान गर्छौँ : प्रकाश ज्वाला


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए । 

ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

त्यस्तै बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । 

त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजनासहितका एजेन्डा पारित गरिएको ज्वालाले बताए । 

पार्टीको स्थायी कमिटी बैठक बुधबार पुन बस्ने नेकपा समाजवादी बैठकले जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ५६ बजे

अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

काठमाडौं– मुलुकका विभिन्न स्थानमा  पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले

वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो ३० अर्ब

वीरगञ्ज – वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-८३ का लागि

जेन-जी आन्दोलनमा क्षतिग्रत सरकारी संरचनाको परिक्षण

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका

कर्णालीका ४२ ठाउँमा चाडपर्व लक्षित सुपथ पसल

काँक्रेविहार– कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा

रुसी आक्रमणमा तीन जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी–  युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको