अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ : सांसद थापा « Khabarhub

अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ : सांसद थापा


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले मुलुकको आर्थिक समृद्धि र सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका हुन् । 

उनले सरकारले ल्याएको अध्यादेशप्रति सरोकारवाला निकाय खुसी देखिए पनि केही सांसदहरूमा खुसी नदेखिएको जिकिर गरे ।

मुलुकको हितमा ल्याइएको अध्यादेशको विरोध गर्नु बेकार रहेको उनको भनाइ छ । 

थापाले संसद् नचलेका बेला अध्यादेशबाटै कानून निर्माण गर्नुपर्ने भन्दै अहिले अध्यादेशको विरोध गर्नेहरू भोली सरकारमा जाँदा यसरी नै अध्यादेश ल्याउने जिकिर गरे ।

त्यस्तै उनले सहकारी ठगी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसअघि आफू सरकारमा रहँदा भएका कामको स्मरण गर्न माओवादीलाई सुझाव दिए ।  

उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकका प्रावधानहरू संशुचित नरहेको दाबी गरे । 

थापाले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति छानबिन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ३० बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर