धरानमा मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर भने- केबलकार निर्माण पवित्र काम हो, बनाएरै छाड्छौँ « Khabarhub

धरानमा मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर भने- केबलकार निर्माण पवित्र काम हो, बनाएरै छाड्छौँ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-‘नो केबलकार समूह’का सदस्यहरूले आइतबार धरानमा मोसो दलेर दुर्व्यवहार गरिएका पदम चेन्जी माबोले ताप्लेजुङमा भव्य सम्मान पाएका छन् ।

मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा केबलकारको पक्षमा निकालिएको जुलुसका क्रममा माबोलाई खादा र मालासहित सम्मान गरिएको हो ।

आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका नेता-कार्यकर्ताले धरान उपमहानगरपालिका-९ पुतली लाइनमा कुटपिट गरी मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर कुनै हालतमा केबलकार बनाइछाड्ने घोषणा गरे ।

उनले मुक्मुलुङका संरक्षणको नाममा आन्दोलन गरिरहेकाहरूले जिल्लाबासीमाझ भ्रम छरेर हिँडेको पनि बताए । ‘उनीहरूले ताप्लेजुङको विकास र समृद्धिमा अड्चन ल्याउन खोजिरहेका छन् । ती ढुंगा हान्ने भन्दा बढी म धेरै घुमेर रिसर्च गरेर हिँडेको हुँ’, उनले भने, ‘याक्थुम लिम्बुको मुन्धुमअनुसार सृष्टि कालदेखि पुर्खाले पुजेका, घुमेका मानेका खोला, खोल्सा, जंगल, पहाड सबै मुन्धुमस्थल हुन् । ती मुन्धुमस्थलमा पाथीभरा मात्रै होइन, योभन्दा अगाडि हाम्रा माङले बास बसेको ठाउँमा पनि मनपरी संरचना बनाइयो ।

ताप्लेजुङमै तमोर किनारमा मुन्धुस्थलको १ किलोमिटर आसपास भौतिक संरचना बनाउन हुँदैन भन्दा अभियन्ताहरूले नै ५ मिटरमै भौतिक संरचना बनाएको उनले बताए ।

‘ताप्लेजुङमै मुन्धुमस्थल अतिक्रमण गरिएको छ। तेह्रथुमको मेन्छायम डाँडा, जुन हाम्रो चोलुङ हो, त्यहाँ शालिक बनाउने काम भयो । त्यसबेला ढुंगा हान्ने कहाँ गएका थिए ?’, उनले प्रश्न गरे, ‘तेह्रथुममा मूलथलोमै डोजर चलाइयो । मुक्कुलङका साथीहरू केही बोलेनन् । हामीले मुक्कुमुलुङमा त एक किलोमिटर बाहिर मात्रै केबलकार बनाउन भनेका छौँ । हजार मिटरबाहिर मात्रै केबलकारको टप स्टेशन बन्दैछ । हामीलाई थाहा छ प्राकृतिक र सांस्कृतिक सम्पदा के हो ?
तपाईंहरू भन्दा हामीले बुझेका छौँ । जहाँको होस् मुन्धुमस्थल अतिक्रमण गर्न पाइँदैन ।’

उनले ‘नो केबलकार अभियन्ता’लाई चुनौती दिँदै मुक्कुमुलङबारे नसिकाउन पनि भने । ‘मुक्कुमुलुङ (पाथिभरा) बारे तपाईंहरूले सिकाइरहनु पर्दैन । केबलकार निर्माण पवित्र कार्य हो’, उनले भने, ‘यस्तो मोसो त के ढुंगामुढा मात्रै होइन, केबलकारका लागि हामी घाँटी थाप्न तयार छौँ ।’

उनले भीर र खोल्सामा लडेर मर्नुभन्दा घाँटी थापेर मर्न तयार रहेको बताए । ‘भीरमा, खोल्सा खोल्सीमा लडेर मर्नुभन्दा हामी घाँटी थाप्न तयार छौँ । हामी जिल्लाको विकासका लागि मर्न तयार हुनुपर्छ, कुनै हालतमा ब्याक हुनु हुँदैन’, उनले भने, ‘हामी जसरी पनि केबलकार निर्माण गरेर छाड्छौँ । हामी सबै जिल्लाबासी मरेर पनि केबलकार निर्माण गर्न तयार छौँ ।’

उनले सम्बोधनको अन्त्यमा जुलुसमा सहभागीलाई ‘एस केबलकार’, ‘एस केबलकार’ नारा पनि लगाउन लगाए । धरानमा मोसो दलिएपछि उनी सोमबार नै जिल्ला पुगेर केबलकारको पक्षमा जुटेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ५९ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २