इमानको राजनीति आवश्यक छ : सांसद शाही « Khabarhub

इमानको राजनीति आवश्यक छ : सांसद शाही


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने क्रममा सांसद दयालबहादुर शाहीले राजनीति विकृत हुँदै गएका कारण इमानको राजनीति गर्न दलहरूलाई आग्रह गरेका छन् । 

अनुशासन र इमान नै लोकतन्त्रको प्राण रहेको भन्दै उनले बेइमानको राजनीति गर्नेलाई जनताले मूल्याङ्कन गर्ने बताए । वर्तमान सरकार गठबन्धन लामो समय चल्ने दाबी पनि गरे । यो गठबन्धनले जनताको आशा र भरोसा जगाउने काम गरेको धारणा उनले राखे  ।

सांसद उदय शमशेर जबराले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनीहरूको मनोबल बढाउन पनि परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट प्रभावकारी पहल गरिनुपर्ने बताए । 

नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्ने क्रममा यस्ता घटना बारम्बार दोहोरिने गरेको पनि उनले बताए । रैकर जग्गा दर्ता सधैँका लागि खोलिनुपर्ने धारणा पनि उनले राखे ।

सांसद प्रतिमा गौतमले नेपालको सडक र यातायात पूर्वाधार असुरक्षित बन्दै गएको विषय संसद्मा उठाइन् । सडक सुरक्षाका लागि विभिन्न निकाय कार्यरत रहे पनि दुर्घटना कम हुन नसकेको उनले बताइन् । सवारी साधन अपाङ्गमैत्री तथा अशक्तमैत्री बनाइनुपर्नेमा पनि उनले जोड दिइन् ।

सांसद कुसुमदेवी थापाले युवा उद्यम र नवप्रवर्तनका लागि जोड दिनुपर्ने बताइन् । त्यस्तै, स्वदेशी उत्पादन बढाएर त्यसको बजारीकरण गरी खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्ने बताइन् । 

कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई मात्र नभई पर्यावरण संरक्षणको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कृषि प्रवर्द्धनको नीति लिइनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ०१ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको