इमानको राजनीति आवश्यक छ : सांसद शाही « Khabarhub

इमानको राजनीति आवश्यक छ : सांसद शाही


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने क्रममा सांसद दयालबहादुर शाहीले राजनीति विकृत हुँदै गएका कारण इमानको राजनीति गर्न दलहरूलाई आग्रह गरेका छन् । 

अनुशासन र इमान नै लोकतन्त्रको प्राण रहेको भन्दै उनले बेइमानको राजनीति गर्नेलाई जनताले मूल्याङ्कन गर्ने बताए । वर्तमान सरकार गठबन्धन लामो समय चल्ने दाबी पनि गरे । यो गठबन्धनले जनताको आशा र भरोसा जगाउने काम गरेको धारणा उनले राखे  ।

सांसद उदय शमशेर जबराले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनीहरूको मनोबल बढाउन पनि परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट प्रभावकारी पहल गरिनुपर्ने बताए । 

नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्ने क्रममा यस्ता घटना बारम्बार दोहोरिने गरेको पनि उनले बताए । रैकर जग्गा दर्ता सधैँका लागि खोलिनुपर्ने धारणा पनि उनले राखे ।

सांसद प्रतिमा गौतमले नेपालको सडक र यातायात पूर्वाधार असुरक्षित बन्दै गएको विषय संसद्मा उठाइन् । सडक सुरक्षाका लागि विभिन्न निकाय कार्यरत रहे पनि दुर्घटना कम हुन नसकेको उनले बताइन् । सवारी साधन अपाङ्गमैत्री तथा अशक्तमैत्री बनाइनुपर्नेमा पनि उनले जोड दिइन् ।

सांसद कुसुमदेवी थापाले युवा उद्यम र नवप्रवर्तनका लागि जोड दिनुपर्ने बताइन् । त्यस्तै, स्वदेशी उत्पादन बढाएर त्यसको बजारीकरण गरी खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्ने बताइन् । 

कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई मात्र नभई पर्यावरण संरक्षणको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कृषि प्रवर्द्धनको नीति लिइनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ०१ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी