नेपाली छात्राको मृत्यु र ज्यादती प्रकरण : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति | Khabarhub Khabarhub

नेपाली छात्राको मृत्यु र ज्यादती प्रकरण : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ओडिसा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।

उक्त विश्वविद्यालयलाई उच्च निगरानीमा राखिएको जनाउँदै ओडिसा राज्य सरकारले उच्चस्तरीय तथ्य खोज समिति बनाउने निर्णय गरेको हो ।

उक्त समितिको निष्कर्षको आधारमा विश्वविद्यालय र नेपालीमाथि ज्यादतीमा संलग्नमाथि उचित कानुनी र प्रशासनिक कारबाही गरिने पनि राज्य सरकारले वक्तव्यमार्फत् उल्लेख गरेको छ।

उक्त उच्चस्तरीय समितिमा मुख्य सचिव, गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह-सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् ।

‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम चालिएको छ’, राज्य सरकारले भनेको छ ।

राज्य सरकारले बाहिरका व्यक्ति ल्याएर नेपाली विद्यार्थीमाथि कुटपिट प्रकरणबारेमा पनि जाँच भइरहेको जनाएको छ । यस प्रकरणमा विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई कानुन अनुसार जवाफदेही बनाउन लगाइने पनि उल्लेख गरेको छ।

ओडिसा सरकारले हरेक विद्यार्थीको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्ने कुरामा तलमाथि हुन नदिने पनि प्रतिबद्धता जनाएको छ । ‘ओडिसा सरकार यस प्रकरणमा न्याय चाँडो र निष्पक्ष रूपमा दिलाउन, कानुन र सामाजिक सुरक्षा निश्चित गर्नका लागि सबै आवश्यक कदम उठाउन तयार छ’, वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : १७ बजे

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको

फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्ः आगामी युद्ध अन्तरिक्षबाट सुरु हुनेछ

पेरिस – रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैनः केपी ओली

भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार

छत्रकुमारी हत्या प्रकरणमा दुई जना पक्राउ

सिन्धुली – तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की थापाको हत्या प्रकरणमा

हिरासतबाट फरार दुई थुनुवा घरबाट पक्राउ

झापा- जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै