किसानका उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग « Khabarhub

किसानका उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुसी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका छन्  । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि उपज बिक्री वितरणमा अवरोध गरिएकामा आपत्ति प्रकट गरे ।
 
नेमकिपाका सांसद प्रेम सुवालले विपीन जोशीको रिहाइका लागि आवश्यक पहल हुन नसकेको र द्वन्द्वग्रस्त देशमा पुनः रोजगारीका लागि पठाउन खोजिएकामा आपत्ति प्रकट गरे ।
 
सांसद गणेश पराजुलीले सुपारी आयातमा देखिएको वेथितीको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आन्तरिक खपतका लागि आन्तरिक उत्पादन नै काफी हुने भएपनि अत्याधिक मात्रामा आयातका लागि मार्ग प्रशस्त गरिएकामा उनले आपत्ति प्रकट गरे  ।
 
साध्सद डिकबहादुर लिम्बुले पाथीभरामा केवलकार निर्माणका विषयमा भइरहेको विवादलाई सार्थक पहलमार्फत सार्थक समाधान गर्न माग गरे । उनले सुकुम्बासीको समस्या समाधान गर्न, विकास निर्माणको कामलाई प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराए । 

सांसद रेखा यादवले भारतमा नेपाली विद्यार्थी मृत्युका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन् ।
 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : २५ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध