सचिवलाई कुटपिट- बन्दीपुरका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न म्याद « Khabarhub

सचिवलाई कुटपिट- बन्दीपुरका वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न म्याद


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

पोखरा– आफ्नै वडाको सचिव कुटेको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा अध्यक्ष बलबहादुर गुरुङमाथि अभद्र व्यवहार मुद्दामा १० दिन म्याद थपिएको छ । 

जिल्ला प्रहरी कार्यालयले गुरुङलाई आइतबार नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । बिल फर्स्योटमा आनाकानी गरेको भन्दै वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुषालमाथि आइतबार कुटपिट गरेका थिए ।
 
घटनापछि नियन्त्रणमा लिइएका गुरुङमाथि तनहुँ जिल्ला प्रशासन कार्यालयले फागुन ५ गतेदेखि लागू हुने गरी पहिलो पटक १० दिनको म्याद थप गरेको हो । 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजु अधिकारीका अनुसार गुरुङविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी छ ।

बन्दिपुर गाउँपालिका–६ धरमपानीस्थित वडा कार्यालयमा फागुन ५ गते बिहान करिब १०ः३० बजे वडा अध्यक्ष कप भलिबल खेल सञ्चालनको भुक्तानी प्रक्रियासम्बन्धी विवाद भएको थियो । 

विवादपछि वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घाइते भुसाललाई प्रारम्भिक उपचारपछि थप उपचार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ४९ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र