चन्द्र भण्डारीले भने- यदि सरकार छौ भने जहाज पठाएर ओडिशाबाट विद्यार्थी फर्काऊ, अनि वार्ता गरौँला « Khabarhub

चन्द्र भण्डारीले भने- यदि सरकार छौ भने जहाज पठाएर ओडिशाबाट विद्यार्थी फर्काऊ, अनि वार्ता गरौँला


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रतिरोधस्वरुप सरकारले भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयका सबै नेपाली विद्यार्थी फर्काउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै ओडिशाको केआईआईटी विश्वविद्यालयमा रहेका करिब १५ सय नेपाली विद्यार्थीलाई चारवटा जहाज पठाएर फर्काउन सक्नुपर्ने बताएका हुन् ।

उनले सबे नेपाली विद्यार्थीलाई जहाज पठाएर फर्काएपछि मात्रै वार्ताको कुरा गर्नु उचित हुने बताएका छन् ।

‘सरकार ! चारवटा जहाज लिएर ओडिशाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ?’, उनले भनेका छन्, ‘तब विश्वविद्यालयसँग कुरा हुन्छ ! तिमी छौ भन्ने परिचय देउन सरकार ।’

यसैबीच भारतको ओडिशा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।

यसअघि सोमबार उक्त विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकण छानबिन मागसहित प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई कुटपिट गरेको थियो । सुरक्षागार्ड र बाहिरका मान्छे बोलाएर कुटपिटसहित ७ सय विद्यार्थीलाई जबरजस्ती विभिन्न रेल स्टेशनमा लगेर अलपत्र छाडिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ५० बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल