चन्द्र भण्डारीले भने- यदि सरकार छौ भने जहाज पठाएर ओडिशाबाट विद्यार्थी फर्काऊ, अनि वार्ता गरौँला « Khabarhub

चन्द्र भण्डारीले भने- यदि सरकार छौ भने जहाज पठाएर ओडिशाबाट विद्यार्थी फर्काऊ, अनि वार्ता गरौँला


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रतिरोधस्वरुप सरकारले भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयका सबै नेपाली विद्यार्थी फर्काउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै ओडिशाको केआईआईटी विश्वविद्यालयमा रहेका करिब १५ सय नेपाली विद्यार्थीलाई चारवटा जहाज पठाएर फर्काउन सक्नुपर्ने बताएका हुन् ।

उनले सबे नेपाली विद्यार्थीलाई जहाज पठाएर फर्काएपछि मात्रै वार्ताको कुरा गर्नु उचित हुने बताएका छन् ।

‘सरकार ! चारवटा जहाज लिएर ओडिशाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ?’, उनले भनेका छन्, ‘तब विश्वविद्यालयसँग कुरा हुन्छ ! तिमी छौ भन्ने परिचय देउन सरकार ।’

यसैबीच भारतको ओडिशा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।

आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।

यसअघि सोमबार उक्त विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकण छानबिन मागसहित प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई कुटपिट गरेको थियो । सुरक्षागार्ड र बाहिरका मान्छे बोलाएर कुटपिटसहित ७ सय विद्यार्थीलाई जबरजस्ती विभिन्न रेल स्टेशनमा लगेर अलपत्र छाडिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ५० बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी