प्रकृति लम्साल मृत्यु प्रकरणबारे रास्वपाको गम्भीर ध्यानाकर्षण « Khabarhub

प्रकृति लम्साल मृत्यु प्रकरणबारे रास्वपाको गम्भीर ध्यानाकर्षण


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतमा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लम्साल मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिन गर्न माग गरी नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई निर्वासित (डीपोर्ट) गरी नेपाल पठाउनु केआईआईटी प्रशासनको कमजोरी भएको विज्ञप्तिमा औँल्याइएको छ ।

साथै सो घटनामा निष्पक्ष छानबिन गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

भारतको ओडिसामा भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज