इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने « Khabarhub

इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।

राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्क अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।

‘चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा सङ्क्रमणलाई गति दिनु हो’, मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले भने ।

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।

यसले वार्षिक रूपमा एक लाख टन कार्बनडाइअक्साइड उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ५२ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट