भारतको ‘एक्ट ईस्ट’ र थाइल्याण्डको ‘एक्ट वेस्ट’ नीतिले आपसी समृद्धि प्रवर्द्धन गर्छ: प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

भारतको ‘एक्ट ईस्ट’ र थाइल्याण्डको ‘एक्ट वेस्ट’ नीतिले आपसी समृद्धि प्रवर्द्धन गर्छ: प्रधानमन्त्री मोदी


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ‘एक्ट ईस्ट’ नीति र थाइल्याण्डको ‘एक्ट वेस्ट’ नीतिको परिपूरक सम्बन्धलाई उजागर गर्दै यी नीतिहरूले आपसी प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्ने बताएका छन्।

थाइल्याण्डमा आयोजित ग्लोबल हिन्दू-बौद्ध सम्वाद कार्यक्रममा भिडियो सन्देशमार्फत मोदीले भारत र थाइल्याण्डबीच २००० वर्षभन्दा लामो सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै रामायण र रामकियेन जस्ता ग्रन्थहरूले दुवै देशलाई जोड्ने र भगवान बुद्धप्रतिको साझा श्रद्धाले एकतामा बाँध्ने बताए।

उनले गत वर्ष भगवान बुद्धका पवित्र अवशेषहरू थाइल्याण्ड पठाउँदा लाखौं भक्तहरूले सम्मान प्रकट गरेको स्मरण गरे। प्रधानमन्त्री मोदीले आफ्नो दिवंगत मित्र, जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सम्झना गर्दै, २०१५ मा उनीसँगको संवादबाट ‘सम्वाद’ को अवधारणा उत्पन्न भएको र त्यसयता यो कार्यक्रमले विभिन्न देशहरूमा बहस, संवाद र गहिरो समझदारीलाई प्रवर्द्धन गरेको बताए। शिन्जो आबेको ८ जुलाई २०२२ मा जापानको नारा शहरमा एक चुनावी अभियानका क्रममा हत्या गरिएको थियो।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : १६ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात