आफ्नै भिडियोले समस्यामा ओरी « Khabarhub

आफ्नै भिडियोले समस्यामा ओरी


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सोसल मिडिया इन्फ्लुएन्सर ओरहान अवात्रामणि उर्फ ओरी साथीहरुसँगको मदिरा पार्टीले कानुनी संकटमा परेका छन् ।

उनी भारतको जम्मु कश्मिरस्थित वैण्णु देवी मन्दिर आसपासको निषेधित क्षेत्र मदिरा पार्टी गरेका कारण कानुनी उल्झनमा परेका हुन् ।

जम्मु कश्मिर प्रहरीले ओरी र उनका अन्य सात साथीविरुद्ध ‘कानुन उल्लङ्घन’को आरोपमा उजुरी दर्ता गरेको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

ओरीले मदिरा पार्टी गरेको तथ्य उनैले सार्वजनिक गरेको भिडियोबाट खुल्न आएको हो । ओरीले मार्च १५ मा मदिरा निषेधित क्षेत्रमा पार्टी गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनी उक्त भिडियोका कारण आलोचित बनेका थिए ।

सोही भिडियोले ओरी प्रहरीको निसानामा परेका हुन् । धार्मिक हिसाबले मदिरा निषेधित गरिएको क्षेत्रमा पार्टी गरेका कारण उनलाई गिरफ्तारीको तयारी भइरहेको भारतीय प्रहरीको भनाइ छ ।

मदिरा र मांशाहारी खानेकुरा निषेधित क्षेत्र भएको पूर्व जानकारी दिइए पनि उनीहरुले वेवास्ता गरेको प्रहरीको दाबी छ ।

ओरी सामाजिक सञ्जालमा भाइरल भारतीय हुन् । उनी भारतका प्राय: सबै सेलिब्रिटीसँग फोटो खिच्ने क्रममा भाइरल भएका हुन् । उनी स्टारकिडसँगको दोस्तीले थप चर्चामा आएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : १७ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा