आफ्नै भिडियोले समस्यामा ओरी « Khabarhub

आफ्नै भिडियोले समस्यामा ओरी


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सोसल मिडिया इन्फ्लुएन्सर ओरहान अवात्रामणि उर्फ ओरी साथीहरुसँगको मदिरा पार्टीले कानुनी संकटमा परेका छन् ।

उनी भारतको जम्मु कश्मिरस्थित वैण्णु देवी मन्दिर आसपासको निषेधित क्षेत्र मदिरा पार्टी गरेका कारण कानुनी उल्झनमा परेका हुन् ।

जम्मु कश्मिर प्रहरीले ओरी र उनका अन्य सात साथीविरुद्ध ‘कानुन उल्लङ्घन’को आरोपमा उजुरी दर्ता गरेको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

ओरीले मदिरा पार्टी गरेको तथ्य उनैले सार्वजनिक गरेको भिडियोबाट खुल्न आएको हो । ओरीले मार्च १५ मा मदिरा निषेधित क्षेत्रमा पार्टी गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनी उक्त भिडियोका कारण आलोचित बनेका थिए ।

सोही भिडियोले ओरी प्रहरीको निसानामा परेका हुन् । धार्मिक हिसाबले मदिरा निषेधित गरिएको क्षेत्रमा पार्टी गरेका कारण उनलाई गिरफ्तारीको तयारी भइरहेको भारतीय प्रहरीको भनाइ छ ।

मदिरा र मांशाहारी खानेकुरा निषेधित क्षेत्र भएको पूर्व जानकारी दिइए पनि उनीहरुले वेवास्ता गरेको प्रहरीको दाबी छ ।

ओरी सामाजिक सञ्जालमा भाइरल भारतीय हुन् । उनी भारतका प्राय: सबै सेलिब्रिटीसँग फोटो खिच्ने क्रममा भाइरल भएका हुन् । उनी स्टारकिडसँगको दोस्तीले थप चर्चामा आएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ११ : १७ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु