शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन « Khabarhub

शल्यक्रियापछि प्रशिक्षणमा फर्किए सञ्जु सामसन


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शल्यक्रिया पछि सञ्जु सामसनले राजस्थान रोयल्सको टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। उनी पूर्ण रूपमा तयार नभए ध्रुव जुरेलले विकेट किपिङको काम गर्ने छन्।

इङ्गल्यान्डसँगको शृङ्खलाको पाँचौँ खेलमा जोफ्रा आर्चरको बल लागे पछि सामसनलाई जुरेलले प्रतिस्थापन गरेका थिए।

रोयल्सका अर्का चोटग्रस्त खेलाडी रियान पराग पनि प्रशिक्षणमा आबद्ध हुने जनाइएको छ । चोटकै कारण उनले दक्षिण अफ्रिका र इङ्गल्यान्डसँगको शृङ्खला गुमाएका थिए। राजस्थानले २३ मार्चमा हैदरावादमा सनराइजर्स हैदरावादसँग खेल्ने छ।

त्यस पछि राजस्थानले कलकत्ता नाइट राइडर्स र चेन्नाइ सुपर किङ्ससँग खेल्ने छन्। २५ मार्चमा कलकत्ता तथा ३० मार्चमा चेन्नाइसँग खेल हुने छ।

यस सिजनको आइपिएलको पूर्व सन्ध्यामा खेलाडीले चोट बोक्ने क्रम कायम रहेको छ। कलकत्ताले पनि उमरान मलिक चोटग्रस्त भएपछि उनको स्थानमा बायाँ हाते सिमर चेतन साकारियालाई टोलीमा समावेश गरेको छ। २५ वर्षीय मलिकले सन् २०२४ को आइपिएल पछि कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्।

उनले सो सिजन सनराइजर्स हैदरावादका लागि एक खेल मात्र खेलेका थिए। ढाडको चोटसँग सङ्घर्ष गरिरहेका साकारियाले पनि २०२४ को फेब्रुअरीमा रण जी ट्रफी पछि कुनै प्रतियोगितामा सहभागिात जनाएका छैनन्।

साकरियाले तत्काल नै ड्वान ब्राभो र वरुण आरोनसँग प्रशिक्षण लिने अनुमान गरिएको छ। १५० किलोमिटर प्रतिघण्टाको दरले बलिङ गर्नु उनको विशेषता हो।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ७ : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया